साफ च्याम्पियनसिप भारतमा हुने

53

काठमाडौँ, ३ फागुन । १४औँ संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।

दक्षिण एसियाली फुटबलको पुरूषतर्फको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता भारतमा हुने निश्चित भए पनि आयोजनास्थल र मिति भने पछि तय हुने छ । आगामी मार्च १० सम्म आयोजनास्थल र मिति तय हुने छ ।

भारमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो । यसअघि सन् १९९९, २०११ र २०१५ ा च्याम्पियनसिप भारतमा भएको थियो ।

बंगलादेशले ३, नेपाल, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाले समान २–२ पटक साफको आयोजना गरिसकेका छन् ।

सन् २००८ को संस्करण भने माल्दिभ्स र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका थिए ।

नेपालले सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिप भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ । यस्तै, माल्दिभ्सले २, बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक पटक जितिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...