गगन र विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्न– कथित जनयुद्धबारे कांग्रेसको धारण राष्ट्रपति निर्वाचनपछि आउने हो ?

73

काठमाडौँ, १ फागुन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्मविपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको आधिकारिक धारणा माग गरेका छन् ।

रिजालले सोमबार सरकारकोे निर्णयबारे प्रश्न उठाउँदै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रवक्ताको समेत धारणा माग गरेका हुन् । उनले सरकारको निर्णयलाई बृहत् शान्ति सम्झौता र संविधानविपरीत भनेका छन् ।

रिजालले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरिी घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।”

उनले अगाडि लेखेका छन्, “नेपाली कांग्रेसको सभापति गिरिजाप्रसाद कोइराला रहनु हुँदा २०६५ मा वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिले झै शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसद्‌मा मैले संसोधन पेस गरेको थिएँ।”

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनयुद्धलाई दिवसको रूपमा सरकारी बिदा दिएसँगै आलोचना भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...