काठमाडौँ, २४ माघ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई शपथ खुवाएका हुन् ।
शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे सहभागी थिए ।
यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो ।
उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।