राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

126

काठमाडौँ, २३ माघ । राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई नेपाली कांग्रेसले पनि साथ दिँदै उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने बाटो खुलेको थियो ।

उनलाई राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित गराइयोस् भन्ने प्रस्ताव उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।

उक्त प्रस्तावमा नेकपा (एमाले)का देवेन्द्र दाहाल र अर्का सांसद खिमलाल देवकोटाले समर्थन गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मत विजयी भएकी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...