फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

83

काठमाडौँ, २३ माघ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य सोमबार रातिदेखि लागु हुने गरी बढाएको छ ।

निगमले सोमबार साँझा विज्ञप्ति जारी गरी डिजेल र पेट्रोलमा ३ रूपैयाँको दरले मूल्य बढाइएको जानकारी दिएको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य १७५ रूपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ १७० रूपैैयाँ प्रतिलिटर र बाह्यतर्फ १.४२० डलर कायमै राखिएको छ । एलपी ग्याँस प्रतिसिलिन्डर एक हजार ८०० नै कायम राखिएको छ ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...