बढ्यो सुनको मूल्य

30

काठमाडौँ, २३ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सयले बढेको छ । अधिल्लो दिन प्रतितोला एक लाख चार हजार एक सयमा कारोबार भएको उक्त सुनको मूल्य आज एक लाख चार हजार छ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन एक लाख तीन हजार छ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार ३२० कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...