दुई हजारले घट्यो सुनको मूल्य

46

काठमाडौँ, २२ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजारले घटेको छ ।

अधिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ । अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर एक हजार तीन सय २० तोकिएको महासंघले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...