नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर जबराकाे निधन

21

काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर जबराको निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

हिमालय बैंकका संस्थापक जबरा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...