म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

40

काठमाडौँ, १० माघ । नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर मेहबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले  पक्राउ गरेको छ ।

एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइवी स्रोतले जनाएको छ । गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धान टोलीले अनुसन्धान सकेको र मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...