पोखरा विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो

18

काठमाडौँ, ९ माघ । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । “आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा)बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ,” यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन् ।

हराइरहेका दुई जनाको शव भने खोजी कार्य भइरहेको बताइएको छ । यस्तै, घटनास्थलबाट संकलन गरी फरेन्सिक विभागमा ल्याइएका मानव अंगको डिएनए परीक्षण कार्य भइरहेको एयरलाइन्सले जनाएको छ ।

विमान दुर्घटनाको कठिन परिस्थितिमा मृतकको परिवार तथा आफन्तलाई प्रक्रिया पूरा नहुञ्जेलसम्म धैर्यधारण गरी सहयोग गरिदिन एयरलाइन्सले अनुरोध गरेको छ ।

यो पनि हेर्नुस्
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्– ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन

भेटियो दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

के हो ‘ब्ल्याक बक्स’ ? विमान दुर्घटनापछि यसकारण खोजिन्छन्

पोखरा जहाज दुर्घटना : आफन्तलाई बुझाइयो २२ जनाको शव

पोखरा विमान दुर्घटना : १० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

Share This:
सम्बन्धित खबर
Loading...