फिफा विश्वकप : अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दै

186

काठमाडौँ, २३ मंसिर । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारदेखि सुरु हुने क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ ।

खेल नेपाली समयअनुसार राति पौने एक बजे लुसेल आइकोनिक रंगशालमा हुने छ ।

दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्धारित र अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिओनल मेसीको कप्तानीमा अर्जेन्टिना विजयी भएको थियो ।

सोही हारको बदला लिने लुइस भान गाल प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सको योजना छ ।  भर्जिन भान डाइकको कप्तानीमा नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।

यता मेसी भने पाँचौँपटक विश्वकप खेल्दैछन् । उनको यो अन्तिम विश्वकपसमेत हो । पछिल्लो समय विश्वकपमा मेसी उच्च लयमा छन् । त्यसैले पनि सबैको नजर मेस्सीमाथि हुन्छ नै ।

मेसीलाई जुलियन अल्भारेज, एन्जल डी मारिया, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर, रोड्रिगो डी पाउल जस्ता खेलाडीको साथ हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...