जुम्ला, ५ मंसिर । जुम्लामा मतगणना सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरूमै फराकिलो अग्रता कायम गरेका छन् ।
हालसम्म ४०० मतको गणना सकिँदा शाहीले २५४ मत ल्याएका छन् । दोस्रोमा सत्ता गठबन्धनको समर्थन प्राप्त नेकपा (माओवादी केन्द्र)की गोमा गौतम कुँवर छिन् । उनको ८५ भोट आएको छ ।
एमाले उम्मेदवार रतननाथ योगी तेस्रो स्थानमा छन् ।