प्युठान, ४ मंसिर । प्युठानको झिमरुक गाउँपालिका–२ कासिपोखरा मतदानस्थलमा ९० वर्षीय बहादुरे कामीलाई मतदानस्थलमा लगिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कामीलाई स्थानीयवासीले उनलाई बोकेर मतदानस्थल पुर्याएका हुन् ।
प्युठानमा प्रतिनिधिसभातर्फ वाम–लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल उम्मेदवार छिन् भने नेकपा (एमाले)बाट पोलिटब्युरो सदस्य सूर्य थापा चुनावी मैदानमा छन् ।