मनाङमा खस्यो ७०.६७ प्रतिशत मत

77

मनाङ, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७०.६७ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ ४ हजार ७९१ मत खसेको हो । “दिउँसो सवा तीन बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ,” उनले भने ।

कुला २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल ६ हजार ७७९ मतदाता छन् ।

Share This:
सम्बन्धित खबर
Loading...