हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर

26

हुम्ला, ४ मंसिर । हुम्लाको एक मतदान केन्द्रमा झडप हुँदा तीनजना घाइते भएका छन् ।

हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् ।

सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका सो मतदान केन्द्रमा  स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...