मोरङको बुढीगंगा मतदानस्थलमा बिस्फोट, मतदान स्थगित

41

मोरङ, ४ मंसिर । मोरङको बुढीगंगामा मतदान केन्द्रमा बिस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बिस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो ।

मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै  बिस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो ।

भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...