सहरी विकास मन्त्रीलाई २५ हजार जरिबाना

26

काठमाडौँ, ३ मंसिर । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिबाना गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिबाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।

चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिबाना र विभागीय कारबाहीको सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिबाना गरिएको निर्वाचन आयोगको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...