गगन थापालाई भोट माग्दै अभिनेत्री केकी अधिकारी (भिडिओ)

27

काठमाडौँ, ३० कात्तिक । अभिनेत्री केकी अधिकारीले काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिएकी छन् ।

गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् ।

गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसद्‌मा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन् ।

राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसदमा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...