जातीय विभेद उन्मूलनका लागि अग्रपंक्तिमा रहने ढकालको प्रतिवद्धता

31
  • सरला सुवेदी

कोहलपुर, १६ कात्तिक । नेकपा (एमाले) क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले जातीय विभेद उन्मूलनका लागि आफू सदैव अग्रपंक्तिमा रहने प्रतिवद्धता जनाएका छन् ।

बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगरस्तरीय भेलामा दलितको समस्या र चुनौतीहरुसँग आफू नजिक रहेको बताउँदै उनले दलितका समस्या समाधानका लागि सदैव अग्र मोर्चामा आफू निरन्तर लागिरहने बताए ।

उनले जातीय विभेदको मूल जरो समाजभन्दा पनि राजनीतिसँग जोडिएको हुँदा राजनीतिक रूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत् जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसलाई सम्झाउन सक्ने र समाज धर्मसापेक्ष भएको हुनाले धार्मिक अगुवा र गुरूहरूलाई परिचालन गरेर पनि जातीय विभेद अन्त्य गर्न लागिपर्ने उल्लेख गरे ।

उम्मेदवार ढकाललले समाजमा रहेका सचेत व्यक्तिमार्फत् जातीय विभेदका घटनामा उजुरी गर्ने र त्यसको समस्या समाधान गर्न निरन्तर लाग्ने बताउँदै उनले समाजमा विभेदमा रहेका व्यक्तिहरूका पक्षमा बोल्ने, कानुनी लडाइँ लड्ने र पीडकहरूलाई सजाय दिने कार्यमा आफू कहिले नझुक्ने प्रष्ट पारे ।

प्रदेशसभा सदस्य पदका उम्मेदवार दुर्गाप्रसाद चौधरीले जातीय विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका निकायहरूमा पहल र वकालत गर्न आवश्यक रहेको बताउँदै शिक्षा पनि जातीय विभेदको एक कारक भएको हुनाले दलितलगायत पछाडि पारिएका समुदायलाई शिक्षामा सहज पहुँच पुर्‍याउन आफ्नो अतुलनीय भूमिका रहने बताए ।

कार्यक्रममा प्रदेशतर्फका समानुपातिक उम्मेदवार बसन्ती अधिकारी, निर्मला सुनारलगायतका एमाले नेताहरुले जातीय विभेद अन्त्यका लागि संविधान र कानुनमा रहेका कुरा कार्यान्वयन हुन् जरुरी रहेको कुरा बताए । उनीहरुले जातीय विभेद अन्त्यका लागि दलित र गैरदलित समुदायको अवाज एक हुन् जरुरी रहेको समेत बताए ।

Share This:
सम्बन्धित खबर
Loading...