काठमाडौँ, २ कात्तिक । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साइत १० कात्तिक बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार यमद्वितीय भाइटिका (किजापूजा)को उत्तक साइत कात्तिक १० गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
५ कात्तिक शनिबार यमदीपदान, धन्तेरस, ६ कात्तिक आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, ७ कात्तिक कुकुर तिहार र लक्ष्मी पूजा, ८ कात्तिक गाईपूजा, ९ कात्तिकमा गोवर्द्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा र नेपाल सम्वत् ११४३ प्रारम्भ हुने समितिले जनाएको छ ।