डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो

90

काठमाडौँ, १७ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्ने छ ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...