स्वास्थ्य बिमा कार्यक्रमलाई सरकारले ‘कोल्याप्स’ बनाउन खोज्यो : खगराज अधिकारी

106

काठमाडौँ, २५ साउन । नेकपा (एमाले)का सांसद् खगराज अधिकारीले नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई ‘कोल्याप्स’ पार्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्ता आरोप लगाएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बिमा कार्यक्रमलाई कम्पनीमार्फत् सञ्चालन गर्ने विषय बजेट भाषणामा राखेदेखि नै यसको विरोध भइरहेको छ ।

यस्तै, सांसद् अधिकारीले सरकारले सेवाप्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी नगरेर सरकारले हुर्मत लिएको बताएका छन् ।

‘स्वास्थ्य बिमा कार्यक्रमलाई कम्पनी खोलेर निजी क्षेत्रलाई दिने भनेपछि यसलाई अप्ठ्यारो बनाएको छ । बिमा बोर्डले सेवाप्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी दिन बाँकी छ । बोर्डले ५ अर्ब दिन बाँकी छ भनेको भने भुक्तानी लिने संस्थाले १३ अर्ब बाँकी छ भनेका छन्,’ उनले भने, ‘यस्तो हो भने यसलाई रद्द गर्न खोजेका हौँ ? ज्येष्ठ नागरिक र अपांग भएकाको हामीले हुर्मत लिन खोजेका हौँ ? यस्तो अवस्थामा यसलाई अलपत्र पारेर के गर्न खोज्दैछौँ ? यो तरिकाले स्वास्थ्य बिमा कार्यक्रम ‘कोल्याप्स’ हुँदै छ । यस विषयलाई लिएर म सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न आग्रह गर्दै सभामुखलाई रूलिङ गर्न आग्रह गर्दछु ।’

Share This:
सम्बन्धित खबर
Loading...