अर्थमन्त्री प्रकरण : संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने

94

काठमाडौँ, ११ साउन । बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले प्रतिवेदनमा समान धारणा आउने दाबी गरे । तर, छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...