काठमाडौँ, १० साउन । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको वैदेशिक व्यापार विश्वका १७१ भन्दा बढी देशसँग रहेको पाइएको छ । भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये १४० देशसँग घाटा र ३१ देशसँग मात्र नेपालको व्यापार नाफामा रहेको छ ।
गत आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो । सो समयमा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
नेपालको व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, युएई, अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, थाइल्यान्ड, क्यानडा, बंगलादेश, भियतनाम, दक्षिण कोरिया, साउदी अरेबिया, स्वीट्जरल्यान्ड, सिंगापुर, बेल्जियम, जापान, पराग्वे, टर्की, रुसा, दक्षिण अफ्रिका, फ्रान्स, नेदरल्यान्डस्, जोर्डन, कतार, इजिप्ट, इटाली र म्यानमार रहेका छन् ।
यस्तै, बेलायत, जर्मनी, मोजाम्बिक, न्युजिल्यान्ड, इजरायल, पोल्यान्ड, चेक रिपब्लिक, सुडान, बहराइन, भुटान, स्पेन, फिलिपिन्स, लिथुवानिया, तान्जानिया, आयरल्यान्ड, पाकिस्तान, ग्वाटेमाला, मेक्सिको, अष्ट्रिया, श्रीलंका, कुवेत, ओमान, स्लोभाकिया, स्वीडेन, मोल्डोभा, भेनेजुयला, फिनल्यान्ड, हंगेरी, नाइजेरिया, नर्वे, चिली, युगाण्डा, बुल्गेरिया, मलावी, कोस्टारिका, केन्या, गाबोन, पोर्चुगल, सर्बिया र लेबनानसँग पनि नेपालको व्यापार घाटामा रहेको छ ।
यसैगरी, मंगोलिया, ग्रिस, रोमानिया, डोमेनिक रिपब्लिक, लाइबेरिया, लग्जेम्बर्ग, काजकास्तान, स्वाजिल्यान्ड, पेरु, इथियोपिया, माडागास्कर, नामिबिया, जर्जिया, स्लोभेनिया, उज्वेकस्तान, साइप्रस, बेलिज, एन्डोरा, लाटिभिया, उरुग्वे, माली, कोमोरोस, मैरिसस्, ट्युनिसया, इरान, बेस्निया एन्ड हर्जगोभिना, पपुवा न्युगिनी, ब्रुनाइ, निकारागुवा, इराक, कोसोभो, सर्बिया, क्यामरुन, इस्ट टिमोर र होन्डुरसमा पनि नेपालको व्यापार घाटा रहेको छ ।
भन्सार विभागका अनुसार एल साल्भाडोर, कोलम्बिया, केप भर्डे, पानामा, सोमालिया, भर्जिन आइल्यान्ड्स, सुरिनेम, आइसल्यान्ड, बहामस, टोगो र बोलिभियासँग पनि नेपालको व्यापार घाटा रहेको छ ।
नेपालको व्यापार नाफामा रहेका देशमा ग्रेनडा, किर्गिस्तान, सेन्ट हेलेना, मोरोक्को, सेनेगल, घाना, कंगो, सियरा लियोन, बर्मुडा, माइक्रोनेसिया, जमैका, फिजी, अजरबैजन, ट्रिनिडाड एन्ड टोबागो, माल्टा, मोनाको, अर्मेनिया, जाम्बिया, क्रोएसिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, माल्दिभ्स, न्यु क्यालेडोनिया, गुयना, नाइजर, कम्बोडिया र डेनमार्क रहेका छन् ।