दराजको महाबचत योजना : ६० प्रतिशतसम्म छुट

109

काठमाडौँ, ६ साउन । अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान महाबचत बजारको घोषणा गरेको छ । साउन ८ (२४ जुलाई) देखि सुरु हुने यो अभियानको मुख्य उद्देश्य दराजमा किनमेल गर्दा ग्राहकलाई थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

दराजका अनुसार यो अभियानमा ६० प्रतिशतसम्म छुट, अनलाइन प्रिपेमेन्टमा १ हजार ५ सयसम्म छुट, ७ हजारसम्मको भौचर, निःशुल्क सिपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ ।

दराजका ग्राहकले डेबिड कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशत (अधिकतम १ हजार) र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशत (अधिकतम १ हजार ५ सय)सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

नेपाल इन्भेष्टमेन्ट, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, बीओके, एनसीसी नेपाल बैंक, मुक्तिनाथ र ज्योति विकास बैंकका कार्डबाहकले प्रिपेमेन्ट छुटको लाभ लिन सक्ने दराजले जनाएको छ । यसबाहेक ई–सेवा वालेटमार्फत् भुक्तानी गर्ने ग्राहकले सीमित अवधिका लागि १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ)सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

दराज महाबचत बजारमा एक रुपैयाँमा गेम खेल्न पाउने अवसर पनि छ । ग्राहकले न्यू क्लासिक हेल्मेट, हाइग्राउन्ड एडभेन्चर तथा प्रोआर्टको सामग्रीमध्ये कुनै एक पुरस्कारका लागि मात्र खेल्न सक्नेछन् । खेलमा सहभागी हुनका लागि ग्राहकले अनलाइन प्रिपेमेन्टमार्फत् १ रुपैयाँ भुक्तान गर्नु पर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...