पेट्रोलको मूल्य २० र डिजेल तथा मट्टितेलको २८ रुपैयाँ घट्यो

129

काठमाडौँ, ११ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।

शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडुले अहिलेको अवस्थालाई सहज बनाउन सरकारले लिँदै आएको करमा कटौती गरेर पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टितेलमा २८ रुपैयाँ घटाइएको बताए ।

मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । सरकारको निर्णयसँगै अब नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...