सेञ्चुरी बैंकको नयाँ शाखा अब काठमाडौँको असनमा

111

काठमाडाैँ, १० असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौँको असन बजारमा नयाँ शाखा सञ्चालनमा गरेको छ ।

बैंकका सञ्चालक समिति सदस्य प्राडा.गीता प्रधानर असन–२५ का वडा अध्यक्ष राजेश डंगोल संयुक्त रुपमा असन शाखाको उद्घाटन गरी सेवा सुरु गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति थियो ।

असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको बैंकले जनाएको छ ।

बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएम मार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...