एनआइसी एसिया बैंकद्वारा तीन ग्राहकलाई ३० लाख बिमा रकम भुक्तानी

75

काठमाडौँ, ७ असार । एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई ३० लाख बिमा रकम भुक्तानी गरेको छ ।

घातक रोगको बिमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको हो ।

बिमा लाभ प्राप्त गर्नेमा यस बैंकको इलामा शाखामा सर्वश्रेष्ठ बचता खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेणुदेवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाल छन् ।

लाभदायीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ६० जनाभन्दा बढी ग्राहकहरुले घातक रोग बिमा वापत २ करोड १० लाख रुपैयाँ। दुर्घटना बिमा वापत ४० लाख रुपैयाँ र मेडिकल बिमा वापत २ करोड ६१ लाख रुपैयाँ गरी कुल ५ करोड ११ लाख रुपैयाँभन्दा बढी बिमा रकम प्राप्त गरिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...