लामो दुरीको सार्वजनिक बसको भाडा बढ्यो [सूचीसहित]

176

काठमाडौँ, २७ जेठ । लामो दुरीको सार्वजनिक गाडीको भाडा बढेको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

गए रातिदेखि पेट्रोल प्रतिलिटर ८, डिजेल र मट्टितेल लिटरको १२ रुपैयाँ बढेपछि स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा २.५ प्रतिशत बढाएको विभागले जनाएको छ । यसअघि इन्धको मूल्य घटेपछि जेठ २० गते २.६ प्रतिशत घटेको थियो ।

विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ३.३ प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा ३.७ प्रतिशत बढाएको छ ।

अन्तरप्रदेशभाडादर
Share This:
सम्बन्धित खबर
Loading...