एक महिनामै दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार ?

109

काठमाडौँ, २४ जेठ । सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ ।

जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

विदेशी मुद्रातको सञ्चिति घट्दै गएपछि सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो तर यो निर्णयको बिरोध भइरहेको थियो ।

इन्धन खपतको नाममा दुई दिन बिदा दिएको भए पनि त्यो प्रभावकारी नदेखिएका कारण यस्तो व्यवस्था खारेज गरिएको उनले जानकारी दिए ।

दुई दिन बिदा दिने निर्णय सोमबार नै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...