काठमाडौँ, २१ जेठ । ‘रेप निड जस्टिस’ भन्ने युवा समूहले आज माइतीघर मण्डलामा यौन हिंसाविरुद्ध प्रदर्शन गरेको छ ।
नेपालको कानुनमा रहेको हदम्यादका कारण सुस्मिता जस्तै धेरैले आफ्नो कुरा पोखेर पनि न्याय नपाएको हुनाले हदम्यादको नियम हटाउनु पर्ने भन्दै आज प्रदर्शन भएको हो ।
संविधानमा नारीका लागि भनेर नियम कानुन राखेता पनि त्यसको कार्यान्वयन नभएको कारणले गर्दा आज निर्मला पन्त र सुस्मिता रेग्मी जस्ता धेरै पीडितले न्याय नपाएको प्रदर्शनकारीहरुको भनाइ छ ।
हदम्याद हटाएर पीडितको कुरा सुनेर त्यसलाई सहि तरिकाले समाधान गर्नु पर्दछ ।
त्यस्तै, सबैकुराहरु समय सापेक्ष हुनु आवश्यक हुन्छ, पहिलाको समयमा हदम्यादको कानुन ठिक थियो भने त्यो अहिलेको समयमा ठिक नहुन सक्छ भन्दै हदम्यादको कानुन हटाउनु पर्ने प्रदर्शनमा सहभागीले बताए ।