निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण मेटिएको छ, पक्राउ गरेरै छाड्छौँ : प्रधानमन्त्री देउवा

296

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताए ।

बलात्कार जस्तो अपराधीलाई क्षमा दिन नसकिने भन्दै उनले ढिलो चाडो अपराधीलाई कानुनी कठघरमा उभ्याइने उल्लेख गरे । प्रधानमन्त्री देउवाले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको जानकारी दिए ।

संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको उनले बताए ।

प्रधानमन्त्री देउवाले लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिइ कार्य गर्दै आएको बताउँदै आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...