काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् ।
काठमाडौँमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ते बताएका हुन् ।
“स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनउँदैन,” उनले भने,“तर, देशको आगामी दिशा तय भने गर्छ ।”
अध्यक्ष ओलीले मुलुकको विकास एमाले बिना असम्भव रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताए । यसअघि मुलुकका महत्वपूर्ण काम एमालेको सरकारले मात्रै गरेको भन्दै ओलीले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने दाबी गरे ।
उनले एमालेसँग मतको स्थिति सुदृढ रहेको र जनताहरुको आकर्षण एमाले प्रति रहेको धारणा राखे ।
अदालतले एमाले संसद् भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उनले कांग्रेसले गर्दा संवैधानिक भनेको आरोप लगाए ।