निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : लिङ्देन

140

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

अध्यक्ष लिङ्देनले आज हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रुपमा लिनुपर्ने बताए । उनले म मात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गरे । उनले भने,“यसबाट थाहा हुन्छ कि उहाँहरु जनताबाट कति टाढा भइसके ।”

राप्रपा केन्द्रय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौंडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा प्लटिङको मात्र विकास गरेको टिप्पणी गरे । उनले आफूले हेटौंडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्याको समाधानका लागि केही पालन नगरेको आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...