गठबन्धनसँगै कुनै सिद्धान्त छैन, एमालेविरुद्ध मोर्चाबन्दी मात्रै हो : ईश्वर पोखरेल

102

काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनको कुनै विचार, सिद्धान्त नभएको बताएका छन् ।

आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजीतिक मान्यताहरु नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताए ।

पोखरेलले राष्ट्रिय राजनीतिमा दुई ओटा केन्द्र देखा परेको बताउँदै अबको स्थानीय तहको निर्वाचनमा जनताले एउटा केन्द्रलाई रोज्नु पर्ने बताए । गठबन्धनलाई धुलो चटाउँदै यो निर्वाचनमा नेकपा एमालेले ६० प्रतिशत जित निकाल्ने उनले बताए ।

त्यस्तै, पोखरेलले एमालेको नेतृत्व बिना मुलुकका राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन र समृद्धि असम्भव रहेको पोखरेलले दाबी गरे । पोखरेलले प्रतिगामी सोच भएका, देशको चुच्चे नक्सालाई बुच्याउने, समानता नचाहनेसँगको एमालेको लडाइँ भएकाले, यो अभियानमा साथसहयोग दिन सबै जनतालाई अपिलसमेत गरे ।

नेपालको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै उनले अहिले एमालेविरुद्ध सबै शक्ति एक भएका कारण एमालेका आस्थावानहरू एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...