पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

133

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताएका छन् ।

तुलसीपुरमा गठबन्धन दलले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै उनले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताए ।

प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शंका र उपशंका नगर्न आग्रह गर्दै उनले भने,“गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो । आज हाम्रो नेतृत्वमा सरकार छ । यो सरकारलाई टिकाउनका लागि गठबन्धनको आवश्यक देखिन्छ ।”

उनले गठबन्धनका उम्मेदवार विजयी बनाउनका लागि मेहनत गर्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...