गुणस्तरिय शिक्षाका लागि सधै प्रतिबद्ध रहने छु : आचार्य

86

कोहलपुर, २५ वैशाख । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्यले कोहलपुर क्षेत्रमा शिक्षाको विकासका लागि सधैँ प्रतिबद्ध रहने बताएका छन् । उनले शिक्षाको गुणस्तरियताका साथै प्राविधिक शिक्षाका लागि आफूले जोड दिने बताए ।

नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस इकाई कमिटिको आयोजनामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख पदका उम्मेदवार आचार्यले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस कोहलपुरले आफ्नो घोषणा पत्रमा प्राथिमकता दिएर बागेश्वरी बहुमुखी क्याम्पसमा सञ्चालित सबै स्नातकोत्तर तहका कार्यक्रमलाई आधुनिक र व्यवस्थित गरी सञ्चालन गर्ने कुरा उल्लेख गरेको बताए । यस्तै, क्याम्पसमा दक्ष जनशक्ति र प्राध्यापकसहितको विज्ञ टोली गठन गरी अनुसन्धानको कार्य पनि अगाडि बढाइने उनले बताए ।

नेपाली कांग्रेसबाट नगर प्रमुख र उपप्रमुख दुवै बागेश्वरी क्याम्पसको पूर्वविद्यार्थी भएकाले क्याम्पसको सर्वाङ्गिण विकासमा अति नै संवेदनशील रहेको धारणा व्यक्त गरे । यसका साथै नगरपालिकाभित्र सञ्चालन गरिने विभिन्न योजना, नीति तथा कार्यक्रम निर्माण गर्नका लागि अनुसन्धान गरी कार्यलाई सशक्त रूपमा कार्यान्वयन गर्ने कुरामा उनले जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...