संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : सिर्जना सिंह

195

काठमाडौँ, २५ वैशाख । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्ने बताएकी छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै आफूले अगाडि सारेको सात संकल्पअनुसार काठमाडौँ महानगरलाई समृद्ध बनाउने बताइन् । “म गर्न नसक्ने ठुला कुरा सपना बाँड्दिन, आफूले अगाडि सारेको संकल्प पूरा गर्छु,” उनले भनिन् । उनले काठमाडौँको प्रमुख समस्या फोहोर व्यवस्थापन भएको बताउँदै फोहोरको सफल व्यवस्थापनका लागि योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले महानगरभित्रका कार्यालय विभिन्न स्थानमा छरिएका कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताउँदै प्रविधिको माध्यमबाट घरघरबाट सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्ने बताइन् ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वाच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा स्वावलम्बी महिला, सिर्जनशील महानगरवासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...