सार्वजनिक महत्वको सूचना जनतालाई दिनुपर्छ : उपराष्ट्रपति पुन

143

काठमाडौँ, २३ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बताए ।

उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने धारणा राखे । त्यस्तै, उनले नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारबाहीबारे सहज सूचना पाउन सके सुशासन र असल शासन कायम हुने उल्लेख गरे । उपराष्ट्रपति पुनले अझै पनि राज्यका विभिन्न निकायमा सार्वजनिक महत्वका सूचनामा नागरिकको पहुँचलाई सरल र सहज तुल्याउन नसकिएको भन्दै आयोगको ध्यानाकर्षण गराए ।

कार्यक्रममा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगमा दर्ता भएका सबै निवदेनमाथि सुनुवाइ गरेको जानकारी दिए । नागरिकको सूचनाको हकलाई स्थापित गराउन आयोग प्रतिबद्ध रहेको उनको भनाइ छ ।

आयोगले सूचना अभियान्ता उमिदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझी, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार–२०७९’ प्रदान गरेको थियो भने विभिन्न निकायमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...