गठबन्धनको पक्षमा माहोल बनेको छ : माधव नेपाल

82

चितवन, २२ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धको पक्षमा राम्रो माहोल बनेको बताएका छन् ।

सत्ता पक्षीय गठबन्धनले आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गरे ।

“राम्रोसँग व्यवस्थापन गरेका छौँ,” उनले भने । ‘सबै स्थामा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबै उम्मेदवारलाई आग्रह गरे । चुनावको माहोल अनुकुल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए । राजनीतिक मान्छेले राजनीतिकरुपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रबिन्दुमा राख्दैन, सिंगो पार्टीलाई केन्द्रमा राख्छ भने ।

“हामीले नेपालको राजनीतिक परिवर्तमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ,” उनले भने, “गठबन्धन दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नुपर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...