दीपकराज गिरीको व्यङ्ग्य– शेरबहादुर प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्ट ब्वाइ बनाइदिने रहेछन्

86

काठमाडौँ, १९ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बढुवाप्रति अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

दुईजना सिनियर अतिरिक्त महानिरीक्षक (एआइजी)लाई पन्छ्याएर जुनियर एआइजी धिरजप्रताप सिंहलाई आइजीपी बनाइएकोप्रति विभिन्न दलका नेता÷कार्यकर्तादेखि सर्वसाधारणले विरोध जनाइरहेका छन् ।

प्रहरीको आइजीपी बढुवा प्रकरणमा अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि व्यङ्ग्य गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो व्यक्तिलाई आइजीपी बनाएको भन्दै व्यङ्ग्य गरेका छन् ।

गिरीले सामाजिक सञ्जालमा लेखेका छन्,“धन्न शेरबहादुर प्रधानमन्त्री भएछन् । प्रधानाध्यापक भएका भए सधैँ थर्ड ब्वाइलाई फर्स्ट ब्वाइ बनाइदिने रहेछन् ।”

Share This:
सम्बन्धित खबर
Loading...