काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका झन्डै ३५ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका केही सदस्यहरु गरी झन्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका हुन् ।
अध्यक्ष नेपालले यस्तै विजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको विजय सुनिश्चित रहेको उनले बताए ।
अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सबै तयार हुनुपर्ने जिकिर गरे । उनले उम्मेदवार चयनका विषयमा देखिएका विषयमा गठबन्धनभित्र समीक्षा हुने पनि बताए ।
कार्यक्रममा एककिृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालबीच एकता घोषणा गरिएको थियो ।