एमालेको विजयलाई कसैले रोक्न सक्दैन : ओली [भिडिओ]

258

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणा पत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कसैले बहस गर्न चाहे घोषणा पत्रमा बहस गर्न एमाले तयार रहेको बताए । उनले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई पहिला विद्यार्थीहरुसँग बहस गर्न चुनौती दिए ।

पूर्वप्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने पनि बताए । उनले पाँच दलीय गठबन्धनलाई लुतोको संज्ञा दिँदै वैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने उल्लेख गरे ।

उहाले काठमाडौँमा एमालेको जित सुनिश्चित रहेको भन्दै गठबन्धनका कारण जनतामा त्रास बढेको तर्क गरे। कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको बनाएको दाबी गर्दै हिँडेको उनको भनाइ छ ।

उनले स्थानीय तह चुनाव आएपछि महिला हिंसाको कुरा आएको बताए । ओलीले महिलाको सुरक्षा र अधिकारका लागि लड्ने र आन्दोलन गर्ने पार्टी एमाले मात्रै भएको पनि बताए ।

ओलीले एमालेले घोषणा पत्रमा राखेका विषयहरुलाई जनतामाझ उजागर गर्न पनि निर्देशन दिए । एमाले सरकारले गरेका राम्रा कामलाई अहिलेको सरकारले अवरोध सिर्जना गर्न खोजेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...