सार्वजनिक शिक्षा सुधारको अभियान सुरू भयो : शिक्षामन्त्री पौडेल

211

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिएका छन् । बुधबार काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताउएका हुन् ।

उनले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताए ।

मन्त्री पौडेलले निजी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा नलिइ न्यूनतम शुल्कमा पढाउनुपर्नेमा जोड दिए । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उनको भनाइ छ ।

उनले भने, “नेपालमा सार्वजनिक विद्यालयहरूको स्थिति खस्केको छ, गुणस्तर छैन भन्ने जुन प्रकारको चर्चा, परिचर्चा चल्ने गरेको छ । त्यसको सुधार गरेर हामीले त्यो चर्चालाई प्रत्युत्तर दिनु छ । त्यसको निम्ति हामीले भौतिक पूर्वाधारमा सुधार, कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार । यी तीन प्रकारका सुधार गरेर सार्वजनिक विद्यालयहरुलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा मन्त्रालय लागेको छ ।”

उनले सार्वजनिक सुधारको अभियान काठमाडौँ महानगरपालिकाबाट सुरु भएको समेत उल्लेख गरे । नीजि क्षेत्रलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जानुपर्नेमा उनको जोड रहेको छ ।

“खाली उहाँहरुलाई राज्यको कानून, राज्यले तोकेका कतिपय प्रक्रिया र प्रणालीभित्र रहेर लिइएको शुल्कलाई अधिकतम नगरीकन न्यूनतम शुल्कमा पढाउने र शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा होइन कि सेवा दिने संस्थाको रुपमा निजीले गर्नुस् भनेर उहाँहरुलाई हामीले भनेका छौँ । त्यसो भएर हामी नीजि र सार्वजनिकलाई जुधाउने होइन, नीजि र सार्वजनिकलाई सँगै लैजाने र निजीलाई ध्यान दिनुपर्छ’ उनले भने । उनले कम्तिमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री पौडेलले सार्वजनिक सुधार मन्त्रालयको प्राथमिकतमा रहेको बताउँदै आगामी आर्थिक वर्षमा शिक्षामा बजेट वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...