नयाँ वर्षले समाजवादको यात्रामा अग्रसर हुने प्रेरणा मिलोस् : प्रचण्ड

210

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धिसहित उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराइ सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसह हुने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

“नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु,” उनको सन्देशमा उल्लेख छ ।

अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गइरहेको स्मरण गराएका छन् ।

लोकतन्त्र र संविधानका विरुद्ध देखा परेको प्रतिगमनकारी षड्यन्त्रलाई चिर्दै जनापर्नेमा प्रचण्डले जोड दिए । लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको उनले बताए ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...