कांग्रेसबाट चैनपुर नगरपालिकाकाे मेयरमा कार्की र उपमेयरमा लिङ्थेप उम्मेदवार चयन

421

खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिकामा नेपाली कांग्रेसले ज्ञानबहादुर कार्कीलाई मेयर र अञ्जना लिङ्थेपलाई उपमेयर पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

सोमबार बसेको नगर कार्यसमितिको बैठकले कार्कीलाई मेयर र लिङ्थेपलाई उपमेयर पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नगरसभापति शंकरमान कँडेलले जानकारी दिए ।

नगरमा पाँच जना मेयरका आकांक्षी थिए । तर, नगर सभापति कँडेलले कार्कीलाई मेयर पदमा उम्मेदवार बनाउनुपर्छ भन्ने प्रस्तावमा सर्वसम्मत निर्णय जुटेको थियो । मेयरका अन्य आकांक्षीहरुमा जिल्ला सचिव कुमारबाबु अधिकारी, महासमिति सदस्य दिपक लिम्बू, प्रदेश क्षेत्रीय (ख) का सभापति दिपेन्द्रमान शाक्य र प्रदेश महाधिवेशन प्रतिनिधि गोकुल खत्री रहेका थिए ।

देशभरि नै कांग्रेसभित्रको उम्मेदवार बन्ने बहस चलिरहेका बेला सङ्खुवासभा चैनपुर नगरपालिकाले सर्वसम्मत उम्मेदवार छनोट गरेर उदाहरण प्रस्तुत गरेको छ ।

जिल्ला उपसभापति रामकुमार जिमीले समन्वय तथा नगरसभापति कँडेलको सुझबुझ निर्णयले सर्वसम्मत उम्मेदवार छनोटमा सहयोग पुगेको कांग्रेसजन बताउँछन् । यो सर्वसम्मत निर्णयले देशभरि नै कांग्रेसजनमा सकरात्मक सन्देश जाने उपसभापति जिमीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...