नेतृत्वमा युवापुस्ताको सक्रियता बढ्दो, गुल्मीका २४ वर्षीय युवाले दिए मेयरमा उम्मेदवारी

239

गुल्मी । गुल्मीका २४ वर्षीय युवकले मेयर मदको लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका २४ वर्षीय विपिन विस्वास रायमाझीले मेयरको लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

राजनीतिमा नेतृत्व परिर्वतन भएपनि मुलुकको अवस्था र व्यवस्थामा भने परिर्वतन हुन नसकेको भन्दै उनको अबको नेतृत्व युवापुस्ताले गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने “धेरै लामो समयसम्म हजुरबुबाको पुस्ताहरुले, हाम्रो बुबा–आमाको पुस्ताले, दाइ दिदी गर्दै लाखौँ नेपाली दाजुभाइ दिदीबहिनीहरुको ठुलो त्याग र बलिदानी पछि लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सफल भएका थियौँ। कति जानेर कतिपय अन्जानमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दैगर्दा जति सुन्दर निर्णयहरु संस्थागत गरिए त्यो महानतम कर्मको जस अग्रज राजनीतिक आन्दोलनका सबै सहभागीहरुलाई जान्छ । तर, जति त्रुटि र भ्रम पनि हाम्रो लोकतान्त्रिक गणतन्त्रभित्र प्रवेश गर्यो त्यसलाई सही ट्रयाक मा ल्याउने अभिभारा अबका युवापुस्ताको हो। ‘हाम्रो हो, मेरो हो’ ।”

राष्ट्रको हकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख पूर्ण समानुपातिक सांसद आजको आवस्यकता रहेको उनले बताए । जुन वर्तमान राजनीतिक दलहरुले गर्न नसक्ने उनको ठम्याइ रहेको छ ।

गत निर्वाचनमा हरेक दलले बाँडेका आश्वासन र घोषणा पत्रको अध्ययन तथा दुईतिहाइ नजिकको कम्युनिस्ट सरकारको हविगत र कार्यक्रताको मनोदशा–हरेक कुरामा भाग खोज्ने राजनैतिक मनोवृत्तिको प्रतिपक्षी देखेरै हरेक सचेत नागरिकले प्रष्ट बुझ्न सकिने उनको भनाइ छ ।

उनले भने “परम्परागत राजनीतिक मार्ग जो सदैव अरुलाई गाली–सत्तोसराप गर्ने आफू कहिल्यै नसुध्रिने फोहोरी राजनीतिक खेल विद्यमान छ । यस्तो किसिमको अस्वस्थ्य राजनीतिक प्रतिस्पर्धा र खर्चिलो निर्वाचन प्रणालीको विकल्पको निम्ति, संस्कारको सुधारका लागि पनि युवा जाग्नै पर्दछ । त्यसैले यो कुरा उठान गर्नु र मैदानमा आउनु नै मैले मेरो –आम सचेत शिक्षित युवाको धर्म र कर्तव्य ठानेको छु ।”

उनका प्रतिबद्धताहरु यसप्रकार रहेका छन्

  • जन निर्वाचित प्रतिनिधिलाई जनताका सेवक बनाउने
  • आर्थिक विपन्न सम्पन्न सबै परिवारका बालबालिका–विद्यार्थीलाई समान किसिमको संस्कारसहितको निःशुल्क एवं गुणस्तरीय सार्वजनिक शिक्षा उपलब्ध गराउने।
  • आर्थिक रुपमा सम्पन्न बिपन्न दुवै किसिमका नागरिकले सहुलियत गुणस्तरीयरसमान उपचार पाउने व्यवस्था गर्ने ।
  • चेतनाको कारण गरिबी, अशिक्षा, र यी कारण एउटा विपन्न नागरिकको जीवनस्तरलाई प्रयोग गरेर राजनीतिक फाइदा लिने परिपाटीको अन्त्य गर्ने ।
  • उत्पादनशील क्षेत्रमा लगानी बढाइ बेरोजगारलाई रोजगार उपलब्ध गराउने ।
  • कुसंस्कार र कुरिती लाइ हटाएर सुसंस्कारको थालनी गर्न।
  • हरेक नागरिकमा कुनै न कुनै दलको गोठालो बन्ने चलन हटाएर, सबै राजनीतिक दललाई नागरिकको गोठालो बनाउने ।
  • राज्यबाट उपलब्ध भएका सेवा सुविाधा टाठाबाठाले मात्र बाँडेर खाने चलनलाई विस्थापित गरेर सबै नागरिक र समाजको हितमा लगाउने।
  • जसले काम बढी गर्छ, त्यो व्यक्ति धनी हुने जसले काम गर्दैन उसले पनि बाँच्न पाउने अधिकारको व्यवस्था गर्न ।
  • नगरमा मेयर/नगरप्रमुखको जति आम्दानी हुन्छ, हरेक दक्ष कामदार को तलब त्यति नै हुने व्यवस्था गर्ने ।
  • कृषिलाई यान्त्रिकरणमा जोड दिँदै कम लागतमा छिटो उत्पादन हुने कृषि उपजको उत्पादनमा प्राथमिकता दिने,
  • किसानलाई कृषि औजार, बीउ र विषादी मुफ्तमा उपलब्ध गराउने ।
Share This:
सम्बन्धित खबर
Loading...