सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको छ : मन्त्री चौधरी

162

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानीको आम नागरिकलाई पुर्‍याउन सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको बताएका छन् ।

ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा रहेको हाप्पु खोला खानेपानी आयोजनाको स्किम नम्बर १, २ र ३ को बुधबार उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले ‘एक घर एक धारा’को नीतिलाई अघि सारेको पनि बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्बर वडाका दुई सय ३५ घरधुरीका एक हजार ४१० जनसख्या लाभान्वित भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले खानेपानी आयोजनाबाट हिमाली जिल्ला ताप्लेजुङका ग्रामिण बासिन्दा लाभान्वित भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...