कार्यकक्षमा नै वडाध्यक्षको निधन

248

सिन्धुली । मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो ।

बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।

लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठुलो क्षति व्यहोर्नुपरेको बम्जनले बताए ।

लामान नेकपा (माओवादी केन्द्र)बाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् । लामाको बुबाआमा, श्रीमती र पाँच छोरा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...