भोलि मोरङ जाँदै प्रधानमन्त्री देउवा 

106

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार मोरङ जाने भएका छन् । उनी मोरङस्थित सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।

सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन ओटा कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...